काठमाडौं, २३ मंसिर । संविधान संशोधनको राष्ट्रघाती प्रस्तावविरुद्धको रणनीति तयारपार्न प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आज केन्द्रीय सचिवालय, सात प्रदेशका संयोजक र उपसंयोजकहरूको संयुक्त बैठक बोलाएको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा अपरान्ह बस्ने बैठकले आन्दोलनको कार्यविधि तयारपार्ने केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
‘संविधान संशोधनको राष्ट्रघाती प्रस्तावविरुद्ध एमाले आन्दोलनमा छ । यो आन्दोलन पाँच नम्बर प्रदेशको मात्रै रहेन’, उनले भने, ‘आन्दोलनलाई देशव्यापी बनाउन केन्द्रीय सचिवालय र प्रदेशका संयोजक तथा उपसंयोजकहरूको संयुक्त बैठक बोलाएका छौँ । अब कार्यविधि तयार पारेर आन्दोलन चर्काउँछौँ ।’
संयुक्त बैठकले दिने कार्यविधि अनुसार सरकारविरुद्धको सशक्त आन्दोलन घोषणा गरिनेछ ।
पाँच नम्बर प्रदेशबाट तराई र पहाडी जिल्ला टुक्र्याएको भन्दै एमालेले आन्दोलन थालिसकेको छ । एमालेले राष्ट्रघाती संशोधन कुनै पनि हालतमा फिर्ता गर्नुपर्ने भन्दै चेतावनी दिइसकेको छ ।











प्रतिक्रिया