४ मंसिर २०८३, शुक्रबार

तराई र पहाडी जिल्ला टुक्र्याउने प्रस्तावविरुद्ध पाल्पा र गुल्मी आज पनि बन्द

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhangadhi-band-2-768x576काठमाडौं, २३ मंसिर । संविधान संशोधनमार्फत पाँच नम्बर प्रदेशबाट तराई र पहाडी जिल्ला टुक्र्याउने सरकारी प्रस्तावको विरोधमा आज पनि गुल्मी र पाल्पा जिल्लालाई स्थानीयले बन्द गराएका छन् ।

संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै स्थानीयले तीन जिल्लामा बन्दको आह्वान गरेका हुन् । बन्दले ती जिल्लाहरूको जनजीवन प्रभावित बनेका छन् ।

संशोधनविरुद्ध राष्ट्रियताको आन्दोलन सुरु गरेको एमालेले तराई र पहाडी जिल्लालाई टुक्राउन नपाइने जोडदार रुपमा माग उठाउँदै आएको छ ।