३१ आश्विन २०८३, शनिबार

संविधान संशोधन गर्न ‘तातै खाउ जलि मरु’ गर्नु ठीक हैनः माधव नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepal

– बिजय थापा

वाशिंगटन डीसी, २२ मंसिर । अमेरिकाको भ्रमणमा रहनु भएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्न तातै खाउ जलि मरु गर्नु ठीक हैन भन्नु भएको छ ।

डिसेम्बर ६ तारिख (मंगलबार) उहाँले स्वदेश फर्कनु अगाडि अमेरिकाका संचारकर्मीसँगको कुराकानीमा नेपालका नब्बे प्रतिशत जनताबाट प्राप्त संविधानलाई हतासमा पारित गर्न खोज्नु राम्रो नियत नभएको बताउनुभयो ।

नब्बे प्रतिशतबाट हस्ताक्षर प्राप्त लामो समय प्रतिक्षा गरेर पाएको संविधानलाई पारित गर्न मात्र केन्द्रीत गर्न भन्दा अन्य क्षेत्रमा लाग्न अमेरिकाबाट सुझाब सल्लाह सरकार तथा प्रधानमन्त्री प्रचन्डलाई सन्देश दिनुभयो ।

उहाँले बुटवल तथा अन्य शहर मा भएको बिरोध जनप्रदर्शनको प्रसंग उठाउँदै प्रधानमन्त्रीले जनताको भावना बुझ्नुपर्ने बताउनुभयो । उहाँले कस्लाई खुशी बनाउन अहिले यो गरेको हो हामीले बुझ्न सकेनौ भन्नुभयो । प्रचन्डले जनतालाई खुशी पार्न सक्नु भएको छैन भन्ने आरोप समेत नेपालले लगाउनुभयो ।

संकटबाट देशलाई बचाउन अहिले तुरुन्त संविधान संशोधन फिर्ता गर्न अमेरिकाबाट नै आग्रह गर्नुभयो । बिदेशमा रहेका नेपालीहरु देशको आर्थिक उन्नती र उन्नत नेपाल कसरी हुन्छ भन्ने आफूले बुझेको भन्दै अब आर्थिक उन्नतीतर्फ लाग्नु बताउनुभयो ।

प्रचण्डले गर्न के खोज्नु भएको हो बुझ्न गार्हो भो उहाँले भन्नुभयो । बरु उहाँले संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । आफू एक बिशेष कार्यक्रममा अमेरिका आएको जानकारी गराउदै आफूले थुप्रै देशका मन्न्री, सभामुख तथा अन्यसँग भेट गरेको जानकारी गराउनुभयो ।

उहाँले १० प्रतिशतलाई खुशी पार्न ४० प्रतिशत हामीलाई छोड्नु भएको आरोप प्रचन्डलाई लगाउनुभयो । नेपालले आफू अमेरिकामा गत नोबेबर २८ देखी डिसेम्बर १ तारिखसम्म भएको अन्तर्राष्ट्रीय नेतृत्व सम्मेलनमा सहभगिता हुन आएको बताउनु भयो ।

उक्त सम्मेलनमा ५६ देशका पुर्व प्रधानमन्त्री, सभामुख, कांग्रेस, मन्त्री आदी समेतको सहभागिता रहेको बताउनुभयो । आफुले अमेरिकाका समेत थुप्रै नेता तथा निर्वाचित ट्रम्पका केहि टोलीसँग पनि भेटघाट भएको जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा मौसम परिवर्तन, आतंकबाद सुशासन तथा सद्भाव सम्बन्ध बारेमा छलफल भएको बताउनुभयो।