अमेरिका । बनमन्त्री शंकर भण्डारीले प्रबासी नेपालीहरुलाई राज्यले सम्मानजनक व्यबहार गर्नुपर्ने र अपमान गर्ने अधिकार कसैलाई पनि नभएको बताएका छन् ।
अमेरिकाको लसएञ्जलसस्थित नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभामा प्रमुख अतिथीको रुपमा गत डिसेम्बर ४ तारिख साँझ मन्तब्य राख्दै उनले प्रबासमा रहेका नेपालीहरुलाई राज्यले अपहेलना नगरेको बताए । उनले मुलुक छोडेर प्रबासको कर्मभूमि रहेका नेपालीहरुलाई आफ्नो जन्मभूमि फर्कन राज्यले उचित बातावरण तयार गर्नुपर्ने भनाइ राखे ।
अहिले देशको स्थिती अत्यन्त नाजुक रहेको र प्रमुख राजनैतिक दलहरुले एकै ठाउँमा रहेर सम्बादको माध्यमबाट साझा निकास खोज्नु पर्ने मन्त्री भण्डारीले बताए ।
सांसद राजु थापाले अहिले देशमा एकताको खाचो रहेको र प्रमुख तीन ठूला दलहरुले एकताको शुत्रमा बाधिएर जटिल परिस्थितीको समाधान गर्नु पर्ने कुरामा जोड दिए ।















प्रतिक्रिया