बाजुरा, २० मंसिर । क्षेत्रीय महिला भलिबल प्रतियोगिता सोमबारदेखि बाजुरा सदरमुकाम मार्तडीमा सुरुभएको छ ।
बृहत राष्ट्रिय खेलमा भाग लिने खेलाडी छनोटका लागि क्षेत्र स्तरको खेल आयोजना गरिएको हो । क्षेत्रीय खेल बाजुरामा पहिलो पटक आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापाले बताए ।
खेलको औपचारिक कार्यक्रमका बीच पूर्व उद्योग मन्त्री एवं नेकपा एमाले युवा तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले गरेका छन् । उनले सात वटा मनबत्ती प्रज्ज्वलनसँगै बललाई सर्भिस दिएका थिए। भने काँग्रेस केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डेले त्यसको रिसिब गरेका थिए ।
खेलमा नौ वटै जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताबाट सातौ राष्ट्रिय खेलकुदका लागि १२ जना खेलाडी छनोट हुने क्षेत्रीय खेलकुद विकास समिति कोषाध्यक्ष हिरेन्द्र भट्टाराईले बताए । खेल मंसिर २३ गतेसम्म चल्ने भएको छ । दुर्गम क्षेत्रमा आए क्षेत्रस्तरको खेलकुद आयोजना गरेमा जिल्ला बासी खुसी भएका छन् ।
कैलाली र कंचरपुरमा सीमित हुने अवसरलाई सबै जिल्लामा बाँडफाँड गरेकोमा सांसद बसुन्धरा रोकायाले राष्ट्रिय खेलकुद विकास समितिलाई बधाई दिईन् । खेल उद्घाटन समारोहमा बाजुराबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने पाँचै जना सांसदको उपस्थिति थियो ।
मालिका उच्च माविमा सञ्चालन भईरहेको खेलको पहिलो दिन बाजुरा र डोटी बीच खेल भएको छ । पहिलो खेलमा बाजुराले सोझो सेटमा डोटीलाई पराजित गरेको छ । बेष्ट थ्रिमा खेलाइएको खेलमा बाजुराले २५–८ र २५–१३ अंकले खेल जितेको हो ।
जितका लागि बाजुराका कप्तान खिना रोकाया र निरा रोकायाले उत्कृष्ट प्रर्दशन गरेका थिए । दोस्रो खेल कैलाली र कंचनपुर बीच खेलाईएकोमा एकखेल खेलाएर स्थगीत गरिएको छ । चिसोले खेल्न समस्या भएको भन्दै भोलि पुनः खेल खेलाउने गरी स्थगीत गरिएको आयोजकले बताएको छ । खेल राष्ट्रिय रेफ्रि धनसिंह रावल, भागिराम चौधरी लगायतले खेलाईरहेका छन् ।
बाहिर जिल्ला बाट आएका खेलाडीले संरचना बारे खुलेरै प्रशसागरेका छन् । खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन भण्डारीले बाजुराको आतिथ्यता र तयारी सम्झन लायक भएको बताए । बैतडी दुर्गम जिल्ला हो, तरनि बाजुरामा कसरी खेल होला भन्ने लाग्थ्यो तर त्यसो रहेन छ, भण्डारीले भने ।
खेलाडीको उर्जाले हैसाएको सांसद बद्री प्रसाद पाण्डेले बताए । उनले खेल खेलेरै बाँच्न सक्ने वातावरण निर्माणमा राज्य लाग्नुको विकल्प नभएको बताए । खेल क्षेत्रको विकासमा एमाले प्रतिवद्ध रहेको एमाले पोलिटव्यूरोसदस्य कर्णबहादुर थापाले बताए । उनले राष्ट्रको गौरव र पहिचान खेल क्षेत्रले मात्र छिटो आर्जन गर्न सक्ने बताए ।
क्षत्रीय खेल बाजुरामा हुनु आफैमा सकारात्मक विषय भएकोले अवसरकारुपमा लिन सांसद पेम्बा गुरुगं भोटेले आग्रह गरे । खेल क्षेत्रले मात्र नेपाललाई चिनाउन सक्ने सांसद कर्णबहादुर विकले बताए । खेल हेर्न जिल्लाका विभिन्न गाविसबाट दर्शकहरु आएका छन् ।
















प्रतिक्रिया