काठमाडौं, २० मंसिर । संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले को नेतृत्वमा भारतीय राजदूतावास घेराउ गरिएको छ ।
सोमबार एमालेका भातृ संगठनहरु युवा संघ नेपाल र अनेरास्ववियुसहित अखिल पाँचौं, अखिल क्रान्तिकारी संगठन, अखिल नेपाल युवक संघ लगायत संयुक्त युवा विद्यार्थीहरुले नेपालको आन्तरिक मामिलामा भारतीय राजदूतले अस्वभाविक हस्तक्षेप गरेको भन्दै लैनचौरस्थित दूतावास घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनको कमाण्डिंग युवा संघका अध्यक्ष राजीव पहारी र अनेरास्ववियु अध्यक्ष नविना लामाले गरेका छन् । प्रदर्शनमा सयौं युवाहरु उपस्थित छन् ।

युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार ‘अनावश्यक भारतीय हस्तक्षेप बन्द गर । भारतीय विस्तारवाद मुर्दावाद । रञ्जीत रे तिम्रो हैसियतमा बस । तिमीले आफ्नो पदीय मर्यादा ख्याल राख । सक्दैनौं भने नेपाल छोड’ भन्ने नारासहित प्रदर्शन भइरहेको छ । प्रदर्शनका कारण भारतीय राजदूत दूतावासभित्रै थुनिएका छन् ।
यो पनि पढ्नुस्ः भारतीय राजदूत रञ्जीत रेलाई देश निकाला गर्ने प्रक्रिया अघि बढ्यो
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा र मधेसी नेतालाई निर्देशन दिएर नेपाली राजनीतिमा भारतीय राजदूत रञ्जीत रेले ठाडो हस्तक्षेप गरेको भन्दै एमालेले भारतविरुद्ध एक्शन लिँदै आन्दोलनको सुरुवात गरेको छ ।
यसअघि शनिबार पनि एमाले भातृ संगठनले दूतावासमा ‘राजदूत रञ्जीत रेलाई देश निकाला गर’ भन्दै प्रदर्शन गरेका थिए ।
भारतीय दूतावास घेराउ गर्दै कसले के भने ?
संयुक्त युवा विद्यार्थीद्धारा आयोजित प्रदर्शनमा अखिल पाँचौंका निमकुमार सिवाकोटी, नेमकिपानिकट विद्यार्थी संगठनका निरज लवेजु, अखिल नेपाल युवक संघका तिलक थापाले नेपालको अस्मिता र राष्ट्रियमाथिको हस्तक्षेप अब सैह्य नहुने चेतावनी दिए । उनीहरुले भारतीय राजदूतलाई आफ्नो हैसियतमा बस्न आग्रह गर्दै त्यसो नभए घोक्रेठ्याक लगाएर भारत धपाउने चेतावनी समेत दिए ।
प्रदर्शन स्थलमा बोलेकी अनेरास्ववियु अध्यक्ष नविना लामाले नेपालको अस्मिता र राष्ट्रियमाथि खेलवाड गर्ने अधिकार भारतीय राजदूतलाई नभएको भन्दै पदीय मर्यादा नभुल्न भनिन् । जनताको नजरमा देउवा र प्रचण्ड राष्ट्रघाति ठहरिएको भन्दै नविनाले अगाडि भनिन्– ‘हिजो देउवाले प्रचण्डको टाउकोको मूल्य तोकेका थिए । आज रातारात भारतको निर्देशनमा एक भए । कांग्रेस माओवादीको यो गठबन्धन अपवित्र छ । विद्यार्थी अरिंगाल गोलो हो चलाए भने सरकार धेरै दिन टिक्दैन् ।’
विरोधसभामा बोल्दै युवा संघका अध्यक्ष राजीव पहारीले नेपालको अस्मिता र राष्ट्रियमाथि भारतले धावा बोलिरहेकाले आफूहरु सडकमा उत्रिन बाध्य भएको बताए । ‘नेपालको आन्तरिक मामिलामा भारतीय राजदूतले अस्वभाविक हस्क्षेप गरिरहेका छन् । उनी एउटा कर्मचारी हुन् । कर्मचारीको हैसियतमा बस्नुपर्छ,’ उनले भने– ‘मधेसी नेता भेट्ने भोज भतेर गर्ने कदम संविधान विपरित छ । यदि उनी पदीय हैसियतभित्र रहेन भने घोक्रेठ्याक लगाएर निकाल्छौं ।
९० प्रतिशत जनताका प्रतिनिधिले बनाएको संविधान स्वागत नगर्ने तर, केही स्वार्थमा मधेसीका लागि भनेर सरकारले ल्याएको संशोधनमा प्रस्तावको विज्ञप्ति निकालेरै स्वागतको गर्नुको रहस्य के त ? भन्दै पहारीले भने- ‘यो त पुरै भारतको निर्देशनमा संशोधन प्रस्ताव आएको रहेछ भन्ने पुष्टि भयो ।’
मधेसीलाई उचालेर जसरी भारतले नेपालको स्वाधिनता र राष्ट्रियतामा जसरी हस्तक्षेप गरिरहेको छ । भारतमा पनि विभिन्न जातजाति छन् तिनीहरुलाई छुट्ट राज्य भारतले दिनपर्छ । जस्तै मुश्लिम छन् उनीहरुलाई छुट्टै राज्य दिनुपर्यो सक्छ भारते भन्दै पहारीले भारतीय दूतावासअगाडि आक्रोश पोखे ।


















प्रतिक्रिया