काठमाडौं, २० मंसिर । नेपालको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्दै आएका भारतीय राजदूत रञ्जीत रेलाई देश निकाला गर्ने प्रक्रिया अघि बढाइएको छ ।
आम जनताको माग र दबाबमा परराष्ट्र मन्त्रालयले राजदूत रेमाथि कारवाही प्रक्रिया अघि बढाएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले हेलो सरकारमार्फत आएको भारतीय राजदूतलाई देश निकाला गरियोस भन्ने मागबारे कारवाही प्रक्रिया अगाडि बढाइएको बताए ।
राजदूत रेले मधेसी मोर्चाका नेतालाई दूतावास बोलाएर संविधान संशोधनबारे छलफल गरेपछि आइतबार पत्रकार घमराज लुइँटेलले हेलो सरकारमा ‘कुटनीतिक मर्यादाविपरित नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी भाँडेकोले भारतीय राजदूत रायलाई देश निकाला गरियोस्’ भन्दै उजुरी हालेका थिए ।
भारतीय राजदूतलाई देश निकाला गरियोस् भन्ने गुनासो हेलो सरकारले दर्ता गरी परराष्ट्र मन्त्रालयमा पठाएको थियो । त्यसमा परराष्ट्र मन्त्रालयले कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । ‘हेलो सरकारबाट आएको उजुरीमाथि हामीले तत्काल कारवाही प्रक्रिया अघि बढाएका छौं,’ परराष्ट्र प्रवक्ता पौडेलले भने ।


















प्रतिक्रिया