३१ आश्विन २०८३, शनिबार

नेपालद्वारा भारत ५-० गोल अन्तरले पराजित

78.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footsal-nepal-in-s-lanka

काठमाडौँ, १९ मङ्सिर । नेपाल श्रीलङ्कामा जारी तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

राउन्ड रोविनको आधारमा भइरहेको प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले भारतलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो । नेपालले अब फाइनलमा आयोजक श्रीलङ्काको सामना गर्ने नेपाल फुटसल सङ्घका अध्यक्ष देवकुमार अधिकारीले जानकारी दिनुभयो ।

nepal-footsal-team

दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा यसअघिका खेललमा नेपालले मालदिभ्सलाई ३–२ ले र पाकिस्तानलाई ९–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जित्न नेपालले कम्तीमा श्रीलङ्कासँग बराबरी खेल्नु पर्नेछ । रासस