३१ आश्विन २०८३, शनिबार

नाउ क्याम्पमा मेस्सी र रोनाल्डोबीच यसरी भयो भिडन्त! रियल र बार्साले बराबरी खेले

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neymar,Roberto Rosales

काठमाडौं, १९ मंसिर । स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिको खेलमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले बार्सिलोनालई १–१ को बराबरीमा रोकेको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५३ औं मिनेमा नेइमारको फ्रि किकलाई लुइस स्वारेजले हेडमार्फत सुन्दर गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । खेलको अन्तिम समयसम्म बार्सिलोनाले रियल मड्रिडलाई गोल गर्नबाट रोकेको थियो । तर, ९० औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

Neymar

खेलमा दुबै टिमका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले राम्रो खेलेपनि गोल गर्न सकेनन् । सारा विश्वले यी दुबै खेलाडीको भीडन्तलाई चासोपूर्वक हेरेका थिए ।

बराबरीपछि लिग लिडर रियल मड्रिडले बार्सिलोनासँग ६ अंकको दूरी कायम राखेको छ । रियलको १४ खेलबाट ३४ तथा दोस्रो स्थानको बार्सिलोनाको समान १४ खेलबाट २८ अंक छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=2isTqXB7H2g