भैरहवा, १८ मंसिर । मंसिर २६ गते देखि २८ गतेसम्म पोखरामा हुने पश्चिमाञ्चल फुल कन्ट्याक्ट कराते खेल छनौट प्रतियोगितामा भैरहवाबाट सहभागी हुने खेलाडी, टीम प्रशिक्षक र टीम म्यानेजरलाई लुम्बिनी क्योकुशिन कराते–डो संघ रुपन्देहीले शनिबार एक कार्यक्रमका विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा लुम्बिनी क्योकुशिन कराते–डो संघका लुम्बिनी अञ्चल प्रमुख तथा प्रमुख प्रशिक्षक करुणा निधि त्रिपाठी, रुपन्देही उपाध्यक्ष किशोर गहतराज, कोषाध्यक्ष प्रवीन थापा, सञ्चारकर्मी रबिन्द्र गुप्ता लगायतले विदाई गर्दै खेलाडीहरुलाई खेल प्रतियोगितामा सफल हुन शुभकामना दिनुभयो । कराते प्रशिक्षक सरिता घिमिरेको स्वागत मन्तव्य तथा लुम्बिनी क्योकुशिन कराते–डो संघ रुपन्देहीका सह–सचिव गोपाल परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगतामा करातेका टीम म्यानेजर, टीम प्रशिक्षक र खेलाडी सहित १२ जनाको सहभागिता रहने करुणा निधि त्रिपाठीले जानकारी दिनुभयो । उक्त खेलमा छनौट हुने खेलाडीहरु आगामी पौष ७ देखि १५ गते सम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियागिता–२०७३ मा सहभागी हुने त्रिपाठीले बताउनुभयो ।
















प्रतिक्रिया