३ कार्तिक २०८३, मंगलबार

‘योजना घोषणा भन्दा कार्यान्वयन जरुरी’

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

planning-1– प्रकाश डोटेल

स्याङ्जा, १४ मंसिर । सुन्दर योजना बनाएर घोषणा मात्रै गर्नुको सट्टा उपलब्धी मुलक योजना कार्यान्वयन गर्नु आवश्यक भएको बक्ताहरुले बताएका छन् । सयौ सुन्दर योजना घोषणा गरेर लथालिङ्ग छाड्नु भन्दा एउटा मात्रै योजना कार्यान्वयन गर्न सके उपलब्धी हुने उनीहरुले जोड दिए ।

“आम नागरिकहरुर्लाइ आक्रर्षित गर्न योजना घोषणा गर्ने तर कार्यान्वयन तर्फ चासो नदिने प्रबृत्तिले बढ्वा पाएको छ ।” जिल्ला विकास समितिलद्धारा आयोजित पूर्व योजना तर्जुमा गोष्ठीमा बोल्ने बक्ताहरुले भने, “जति हुन्छ घोषणा भएका योजनाको कार्यान्वयन गरेर उपलब्धी हासिल गरौं ।”

“हामी लामो तयारी गरेर आक्रर्षित र सुन्दर योजना घोषणा त गछौं, प्रतिफल तर्फ कुनै चासो दिदैनौं ।” गोष्ठीमा बोल्दै स्याङ्जा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्थीले भने, “जति योजना कार्यान्वयन गर्न सकिन्छ त्यसको मात्रै घोषणा गरेर उपलब्धी मुलक बनाऔं ।”

“योजना घोषणाले मात्रै देश निर्माण हुने भए आजसम्म नेपाल विकसित मुलुक भैसक्थ्यो ।” अधिकारी पन्थीले भने, “सरकारी योजना र काम अब उपलब्धी मुलक बनाउन नसके देश यथास्थितीमा रहन्छ ।” उपलब्धी दिन नसक्ने योजना प्रति जनविश्वास गुम्ने समेत पन्थीले दाबी गरे ।

गोष्ठीमा नेपाली का“ग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रिय सभापति तुलसीराम रेग्मीले आम नागरिकले अपेक्षा गरे अनुरुप विकासले गति लिन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले विकासलाई अपेक्षाकृत गति दिन नसके राजनीतिक रुपमा प्राप्त उपलब्धी गुम्ने खतरा समेत औलाए ।

“सरकारका हरेक निकाय गैरजिम्मेवार बन्दा विकास उपलब्धी मुलक बन्न सकेको छैन् ।” गोष्ठीमा बोल्दै नेकपा एमालेका सचिव सुधिर कुमार पौडेलले भने, “जनसरोकारका योजनाहरु घोषणा गर्ने तर कार्यान्वयन नगर्दा विकासले गति लिन सकेन् ।”

गोष्ठीमा नेकपा माओबादी केन्द्रका खिमबहादुर विक, राप्रपा नेपालका अध्यक्ष गणेश बहादुर गुरुङ्, राप्रपाका अध्यक्ष धन बहादुर गुरुङ्, अखण्ड नेपाल पार्टीका सचिव गोकुल अधिकार र जिल्ला विकास समितिका पूर्व सभापतिले विकासलाई समय सापेक्ष गति दिन र जन विश्वास जित्न सरोकारवालाबीच एकता आवश्यक भएको बताए ।

जिल्ला विकास समितिको निमित्त स्थानीय विकास अधिकारी ओम बहादुर के.सी.को अध्यक्षतामा भएको गोष्ठीको संचालन योजना अधिकृत याम प्रसाद रेग्मीले गरेका थिए भने स्वागत उदय बहादुर पराजुलीले गरेका थिए ।

गोष्ठीमा विषयगत कार्यालयका अधिकांश प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थिएन् । प्रमुख तथा प्रतिनिधि सहभागिता नहु“दा सहभागिहरुले ‘हाम्रो स्याङ्जा, समृब्द्ध स्याङ्जा’ नामक गोष्ठीको औचित्यमा प्रश्न गरेका थिए । जिल्ला विकास समितिले आर्थिक वर्ष २०७४/०७५ को लागि योजना छनौटको प्रक्रिया शुरु गरेको छ ।