३ मंसिर २०८३, बिहिबार

कांग्रेस पदाधिकारीहरूको बैठक जारी, संशोधन प्रस्तावमा के गर्ने भन्नेबारेमा छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congress-meetingकाठमाडौं, १३ मंसिर । संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुनेछ । स्रोतका अनुसार मधेसी मोर्चाको माग अनुसार संविधान संशोधन कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुनेन्द्रित हुनेछ ।

संविधान संशोधन दर्ता गराउन नसकेको सरकारले पहिला राजनीतिक सहमति जुटाउने भन्ने निर्णय गरेपछि कांग्रेसले सो विषयमा पार्टीगत धारणा बनाउन लागेको हो ।

सीमाङ्कनको विषयलाई लिएर कांग्रेसभित्र विवाद छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावको कांग्रेसका केही सांसदहरूले जोडदार रुपमा विरोध गरिरहका छन् ।