३ मंसिर २०८३, बिहिबार

अन्ततः सरकार पछि हट्यो, संविधान संशोधन प्रस्ताव आज दर्ता नहुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-pm-speech

काठमाडौं, १२ मंसिर । सरकारले संविधान संशोधन कार्य सार्ने निर्णय गरेको छ ।

सरकारले यसअघि आज संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको थियो । तर, तयारी नपुगेको भन्दै भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले आज संशोधन प्रस्ताव दर्ता नगर्ने निर्णय गरेको हो ।

गृहमन्त्री विमलेन्द्र निधिका अनुसार संशोधन प्रस्ताव एकदिनलाई सार्दै भोलि सोमबार दर्ता गर्ने तयारी छ ।

सरकारले सीमांकन, नागरिकता, भाषा र समानुपातिक समावेशिता गरी चार विषयमा संविधान संशोधनको तयारी गरेको थियो ।

तर, प्रमुख प्रतिपक्षी एमाले र मधेसवादी दलसमेत संशोधन प्रस्तावको विपक्षमा उभिएपछि सरकार पछि हटेको स्रोतको भनाई छ । संशोधन प्रस्तावमा सबैलाई समेट्न प्रधानमन्त्रीले पुनः एकपटक सबै पक्षसँग परामर्श गर्ने बताइएको छ ।

एमाले लगायतका प्रतिपक्षी दलहरुले पहाड र तराईलाई अलग गराउने गरी ल्याउन लागिएको संशोधन प्रस्तावको विरोध गर्दै आएका छन् ।