काठमाडौं, १२ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधनको तयारी र अन्य विविध विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक सोमबार बस्ने भएको छ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकले विशेष गरेर संविधान संशोधनमा उठेका सवाल र गठबन्धनको धारणाका विषयमा छलफल हुनेछ ।
राष्ट्रिय मधेस साजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले संविधान संशोधनका विषयमा विभिन्न खालका टिकाटिप्पणी आइरहेकाले त्यस विषयमा पनि गठबन्धनले एउटा धारणा बनाउन सक्ने बताउनुभयो ।
‘संविधान संशोधनका विषयमा संघीय गठबन्धनको अडान के हो स्पष्ट पार्ने छौँ’, उहाँले भन्नुभयो, ‘सरकारले आज दर्ता गर्ने भनिएको संशोधनमा के–के विषय छन् त्यसमा पनि समीक्षा हुनेछ ।’
संशोधन प्रस्ताव दर्ता गराउन गठबन्धनले सरकारलाई दिएको अल्टिमेटम सकिन दुई दिन बाँकी रहँदा गठबन्धनका संयोजक यादवले बैठक बोलाएका छन् ।











प्रतिक्रिया