१ कार्तिक २०८३, शनिबार

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashsaran-mahat

काठमाडौँ, ११ मङ्सिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको वृहत सहभागितामा गैरआवाशीय नेपाली सङघ(एनआरएनए) अष्ट्रेलिया र अष्ट्रेलियास्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सव(फेस्टिवल)को आज उद्घाटन गर्नुभयो ।

सिड्नीको पर्यटकीयस्थल डार्बिड. हार्बिनमा आयोजित सो महोत्सवमा अष्टे«लियामा बसोवास गर्दै आएका नेपालीको सहभागिता छ । महोत्सवमा नेपालको कला संस्कृति, मौलिकता र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गरिएको छ ।

त्यस अवसरमा मन्त्री डा महतले नेपालमा विकासका ठुलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न यहाँ रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाइँहरुलाई अष्ट्रेलियासम्म आउने र यो पहिचान बनाउने अवसर आफ्नै मातृभूमिले दिएको हो । यस तथ्यलाई मनन गरी आफ्नो मातृभूमिप्रतिको कर्तव्य पूरा गर्ने काममा कहिल्यैपछि नपर्नुहोला । नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक समृद्धि र स्थिरतातर्फ अघि बढिरहेकाले समृद्ध नेपालको निर्माणमा सघाउन संसारभर रहेका नेपालीलाई आग्रह गर्दछु ।”

मन्त्री डा महतले आफ्नो अष्ट्रेलिया भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धको विकास विस्तारका साथै यहाँ रहेका नेपालीको भावना बुझ्ने रहेको भन्दै दुई देशबीचको सम्बन्धको विकासमा यहाँ रहेका नेपालीले पु¥याएको योगदानको सराहना गर्नुभयो ।

उक्त महोत्सवमा एनआरएनका अध्यक्ष शेष घले, तथा अष्ट्रेलियामा रहेका प्रवुद्ध नेपालीले पनि सम्बोधन गर्नु भएको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी गराउनु भयो । रासस