३ मंसिर २०८३, बिहिबार

मधेसी मोर्चा भन्छ, ‘तराईमा नेपालीभन्दा हिन्दी भाषा धेरैले बोल्छन्’

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morchaकाठमाडौं, ११ मंसिर । मधेसी मोर्चाका प्रभावशाली नेता तथा तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले पूर्व मेचीदेखि पश्चिमको कञ्चनपुरसम्म तराईको बेल्टमा हिन्दी भाषालाई कामकाजी भाषाका रुपमा मान्यता दिनुपर्ने माग गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता रायले तराईका सबै जिल्लामा नेपाली भाषाको कुनै महत्व नरहेको बताए ।

‘तराईका जिल्लाहरूमा अधिकांश जनता हिन्दी भाषा बोल्छन् । हिन्दी बुझ्छन्’, उनले दाबी गर्दै भने, ‘तराईमा नेपाली होइन हिन्दी भाषा सम्पर्क भाषाका रुपमा रहनुपर्छ । कामकाजी भाषाको मान्यता दिनुपर्छ ।’

मधेसी मोर्चाका नेता रायले नेपाली भाषालाई आफूहरूले कदापि नमान्ने भन्दै यो विषयमा धेरै विवाद नगर्न आग्रह गरे ।

हिन्दी भाषालाई कामकाजी भाषा बनाउने भन्ने विषयमा विवाद भइरहेका बेला मधेसी मोर्चाका नेताले फेरि यो विषयलाई आफूहरूको बटम लाइनरहेको बताएका छन् ।