काठमाडौं, १० मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक केही बेरमा बस्दैछ ।
अध्यक्ष ओलीको निवास बालकोटमा साँझ पाँच बजेपछि बस्ने बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएपछि के गर्ने भन्ने रणनीति तय गरिने सचिव योगेश भट्टराईले जानकारी दिए ।
बैठकले संविधान संसोधनविरुद्ध कानुनी लडाई लड्ने उपाय समेत खोज्ने बताइएको छ । एमालेले पहाड तराई अलग गराउने संविधान संसोधन प्रस्तावविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने तयारी थालेको छ ।












प्रतिक्रिया