२ मंसिर २०८३, बुधबार

एमालेको असली चरित्र भनेकै समस्या बल्झाइराख्ने हो : अध्यक्ष यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajkeeshorकाठमाडौं, १० मंसिर । मधेसी मोर्चाका प्रभावशाली नेता एवम् मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन नगरिकन संविधान कार्यान्वयन हुनै नसक्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लव नेपालले शुक्रबार काठमाडौंम आयोजना गरेको साक्षत्कारमा उनले प्रचण्ड नेतृत्वको सरकारले संशोधन प्रस्ताव दर्ता गराउने हल्ला चलेकोप्रति टिप्प्णी गर्दै भने, ‘संशोधन प्रस्ताव अघि बढाउने प्रक्रियामा हाम्रो विमति छैन, तर प्रस्तावमा हामी सरोकारवालाहरूसँग कमसेकम छलफल गर्नुपर्छ ।’

उनले सरकारले के–के विषयमा संशोधन गर्ने भन्नेबारेको प्रस्ताव ल्याउनुपर्ने जिकिर गरे ।

अध्यक्ष यादवले प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको समस्या समाधान गर्नको लागि कुनै किसिमको जिम्मेवारी प्रदर्शन नगरेको आरोप लगाए ।

उनले भने, ‘एमालेको असली चरित्र भनेको नै समस्या बल्झाइराख्ने हो । चुनावबाट भाग्न खोज्दैछ ।’ उनले एमाले राष्ट्रिय कार्यभारबाट भाग्न नमिल्ने समेत स्पष्ट पारे ।