काठमाडौं, १० मंसिर । सानिमा बैंक लिमिटेडले नुवाकोटको बिदुरमा UK aid द्वारा प्रवद्र्धित सक्षम परियोजना (Access to Finance) समेतको सहकार्यमा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयको शुक्रबार सानिमा बैंकका ब्रान्ड प्रवर्द्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै यस बिदुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समुद्घाटन समारोहमा मह जोडीले बिदुरमा सानिमा बैंक संचालनमा आएकोमा बिदुरवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नुभयो ।
सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा एटिएम रहेका छन ।
२०७३ आषाढ मसान्तको लेखापरिक्षण गरिएको प्रमुख वित्तीय झलक :
निस्क्रिय कर्जाः ०.०२%
कर्जा निक्षेप अनुपातः ७६.०७%
रियल स्टेट कर्जाः ९.८५%
खुद तरलताः २४.२४%
पुँजीकोषः १२.३६%
















प्रतिक्रिया