३ मंसिर २०८३, बिहिबार

अचानक यसरी ‘ब्याक’ भए प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-prachandकाठमाडौं, १० मंसिर । संविधान संशोधनको प्रस्तावमा प्रमुख विपक्षी दल नेकपा (एमाले)को कडा विरोध जारी रहेपछि शुक्रबारका लागि तय भएको मन्त्रिपरिषद बैठक अचानक स्थगित भएको छ ।

संविधान संशोधन प्रस्तावलाई संसदमा दर्ता गराउने विषयमा छलफल गर्न शुक्रबार अपराह्न ३ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको थियो । बालुवाटारमा आजै बसेको कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले संशोधनमा थप गृहकार्य गर्ने सहमति गरेका थिए । सोही सहमति अनुसार मन्त्रिपरिषद स्थगित गरेको स्रोतको भनाइ छ ।

मन्त्रिपरिषद पारित भएर आउने प्रस्तावलाई आजै संसद सचिवालयमा दर्ता गर्ने तयारी थियो । तर कुरा नमिलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल कम्तिमा आइतबारसम्मका लागि ‘ब्याक’ भएको स्रोतको भनाइ छ ।

संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्ष एमालेले र मधेसी मोर्चाकै केही घटकले असहयोग गर्ने जनाइ रहेका छन् । उनीहरूलाई पनि मिलाएर लैजानु पर्ने अवाज उठेको छ ।