१ कार्तिक २०८३, आइतबार

भारतीय महिलालाई ट्रम्पले दिए यति ठूलो पद!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trump-nikki

काठमाडौं, १० मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मुलकी महिला निक्की हेलीलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गरेका छन् ।

यसअघि निक्कीलाई विदेशमन्त्री बनाउने र नभए क्याविनेट सदस्य बनाउने चर्चा चलेको थियो । र, संयुक्त राष्ट्रसंघको राजदूत भनेको मन्त्री पद बराबर नै हो । अर्थात उनलाई ट्रम्पले आफ्नो क्याविनेट सदस्य बनाएका हुन् ।

हाल साउथ क्यारोलीनाकी गभर्नर रहेकी ४४ बर्षीय निक्कीले ट्रम्पको प्रस्ताव अनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय पनि गरिसकेको चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाले जनाएको छ ।

nikki-haley

भारतीय आप्रवासी परिवारकी हेलीले राष्ट्रपतीय निर्वाचनका बेला अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको घोषणाको चर्को आलोचना गरेकी थिइन् । उनी ट्रम्पकै पार्टी रिपब्लिककी एक प्रभावशाली नेतृ पनि हुन् ।

राष्ट्रपति निर्वाचित भइसकेपछि ट्रम्पले आफ्ना आलोचकसमेत केही महिलालाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गरेर विश्वलाई चकित पनि पारेका छन् ।

यो पनि पढ्नुस्ः

ट्रम्पले भारतीय मुलकी यी महिलालाई बनाउँदैछन् विदेशमन्त्री ?