१ कार्तिक २०८३, आइतबार

ट्रम्पले भारतीय मुलकी यी महिलालाई बनाउँदैछन् विदेशमन्त्री ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trump-nikki

काठमाडौं, ३ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याविनेटमा विदेशमन्त्री पदका लागि भारतीय मुलकी अमेरिकी नागरिक निक्की हेलीको नाम पनि परेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल साउथ क्यारोलिनाकी गर्भनर निक्की हेली ट्रम्पले छानेका विदेशमन्त्रीको सूचीमा परेकी हुन् । ट्रम्पको सत्ता हस्तान्तरण दलका प्रवक्ता सीन स्पाइसरले बुधबार राति पत्रकार सम्मेलन गर्दै ट्रम्पसँग भेट्ने उम्मेदवारको सूची सार्वजनिक गरेका थिए । जसमा हेलीको नाम पनि समावेश छ ।

nikki-haley

४४ वर्षीय हेली रिपब्लिकन पार्टीकी सशक्त नेतृ हुन् । चुनावी अभियानमा उनी ट्रम्पको पक्षमा खुलेरै लागेकी थिइन् । ट्रम्पले आफ्नो भावी मन्त्रिमण्डलबारे आइतबार परामर्श गर्दैछन् । जसमा हेलीलाई विदेशमन्त्री नभए पनि आफ्नो मन्मिण्डलमा राख्ने रणनीतिमा ट्रम्प पुगेको बताइन्छ । यसबारे निक्की हेलीले कुनै प्रतिक्रिया दिएकी छैनन् ।