३१ आश्विन २०८३, शनिबार

यइनाइटेड ४–० ले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballलन्डान, १० मंसिर । युरोपा लिग फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडले नेदरल्याण्ड्सको फेयनुर्डलाई ४–० ले हराएको हो ।

खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा, वायन रुनी र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे । फ्यनुर्डका गोलरक्षक जोन्सले एक आत्माघाती गोल गरेपछि म्यान्चेस्टर युनाईटेड ४–० ले विजयी भएको हो ।

यो जितसँगै म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अर्को चरण नजिक पुगेको छ ।

उता अर्को इङ्लिस क्लब साउथह्याम्प्टनले भने अर्को चरणमा पुग्ने अवसर खेर फालेको छ । चेक गणतन्त्रको स्पार्टा प्रागसँग १–० ले पराजित भएपछि साउथह्याम्पटनले अवसर खेर फालेको हो ।

युरोपा लिगअन्तर्गत गएराति भएका अन्य खेलमा ईजरेलको हपोईल बिर शेभाले ईटालीको ईन्टर मिलानलाई ३–२ ले हराउँदा टर्कीको फेनरबाचे, बेल्जियमको एन्डरलेच, नेदरल्याण्ड्सको एजेड अल्कमार, रुसको जेनिथ र रोमानियाका स्टावा बुकारेष्ट पनि विजयी भएका छन् । – एजेन्सी