३ कार्तिक २०८३, मंगलबार

सरकारले वैज्ञानिक रुपमा घरभाडा निर्धारण गर्ने

59.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-nepaliकाठमाडौँ, ९ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले वैज्ञानिक रुपमा घर भाडा निर्धारण गरिने बताउनुभएको छ ।

घर बहाल सरोकार महासङ्घ नेपालले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले यस समस्यालाई वैज्ञानिक ढङ्गबाट समाधान गर्न मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको र छिट्टै स्पष्ट नीति निर्माण गरिने बताउनुभयो ।

महासङ्घले बुझाएको ध्यानाकर्षण पत्रमा घर बहाल ऐन तथा लगानीकर्ता सुरक्षा ऐन जारी गरिनुपर्ने, बहालमा लगाउने घरधनीले राज्यलाई घर बहालकर अनिवार्य रुपमा तिर्ने गरी नीति निर्माण गरिनुपर्ने, न्यूनतम सुविधा घरधनी स्वयम्ले नै उपलब्ध गराउनुपर्ने, प्रत्येक पाँच वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि गरिनुपर्नेलगायत उल्लेख छ । त्यस्तै ध्यानाकर्षण पत्रमा सरोकार भएका पक्षसँग समन्वय गरी नीति, नियम र निर्देशिका तयार गरी जारी गर्नसमेत अनुरोध गरिएको छ ।

काठमाडौँ उपत्यकामा करिब १४ लाख र मुलुकभर करिब ७० लाख व्यक्ति घर भाडामा बस्दै आएका महासङ्घका वरिष्ठ उपाध्यक्ष ओमप्रसाद पोखरेलले बताउनुभयो । रासस