२ मंसिर २०८३, बुधबार

माओवादीका प्रभावशाली नेता भन्छन्- असफल हुने संविधान संशोधनको अर्थ छैन्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

top bahadur rayamajhi

काठमाडौं, ९ मंसिर । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले सरकारको आलोचना गरेका छन् । उनले संविधान संशोधन प्रस्ताव निरर्थक भएको समेत बताए ।

नेकपा एमालेका भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुद्धारा कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले वर्तमान अवस्थामा संविधान संशोधन प्रस्ताव संसदमा लैजानुको अर्थ नभएको बताए ।

‘पास नै नहुने संविधान संशोधन प्रस्ताव लैजानुको अर्थ छैन् । हाम्रो पार्टीले नेतृत्व गरेको सरकार यसमा किन लागेको होला ?’ उनले प्रश्न गर्दै भने– ‘सकिन्छ भने सबैलाई मिलाएर संशोधन गरौं । तर, एमालेविना संशोधन प्रस्ताव संसदमा पेस गर्नु निरर्थक छ । असफल र फेल हुने एजेण्डा लैजानुको अर्थ छैन् ।’

सत्तारुढ दल कांग्रेस र माओवादीले असन्तुष्ट दलहरुको माग सम्बोधन गर्नको लागि भन्दै संविधान संशोधनको अन्तिम गृहकार्य गरिरहेका बेला माओवादी नेता रायमाझीले एमालेलाई साथमा लिएर मात्रै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।