३१ आश्विन २०८३, शनिबार

पाकिस्तानसँग क्रिकेट खेल्न नमान्दा भारतमाथि आइसीसीको कारवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-women_cricket

काठमाडौं, ९ मंसिर । पाकिस्तानसँग क्रिकेट नखेल्ने निर्णयले भारतलाई झट्का लागेको छ ।

काश्मिर मुद्दाले भारत-पाकिस्तानबीच बढ्दो तनावका बीच भर्खरै भारतीय क्रिकेट बोर्डले पाकिस्तानी महिला क्रिकेट टिमसँग क्रिकेट नखेल्ने निर्णय गरेको थियो । यो निर्णयपछि विश्व क्रिकेटको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी)ले भारतमाथि एक्सन लिएको छ ।

आइसीसीले पाकिस्तानसँग नखेल्ने भारतीय महिला क्रिकेट टोलीले पाउने सबै अंक काटेर पाकिस्तानलाई दिने निर्णय गरेको भारतीय पत्रिका हिन्दूस्तान टाइम्सले जनाएको छ ।

आइसिसी वुमन च्याम्पियनसिपमा भारतले पाकिस्तानसँग तीनवटा खेल खेल्नुपर्ने थियो । तर, नखेल्ने भारतको निर्णयपछि आइसीसीले बुधबार भारतीय क्रिकेट बोर्डलाई चिट्ठी लेखेर तीन खेलमा भारतले पाउने अंक काटेर सबै पाकिस्तानलाई दिएको बताएको छ ।