३१ आश्विन २०८३, शनिबार

नेयमारलाई दुई वर्षको जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neymar

काठमाडौं, ९ मंसिर । ब्राजिलको राष्ट्रिय टिम र स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी नेयमारलाई कर छलीको अभियोगमा दुई वर्षको जेल सजाय भएको छ ।

नेयमारले सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट स्पेनको बार्सिलोना क्लबमा स्थानान्तरण हुने बेला अनुबन्धको विषयमा भएको वित्तीय अनियमितता गरी कर छली गरेको अदालतको ठहर छ ।

स्पेनिस अदालतका न्यायाधीश जोसे पेरेल्सको एकल इजलासले नेयमारको अनुबन्धको मुद्दामा संलग्न बार्सिलोनाका पूर्वअध्यक्ष सान्ड्रो रोसेललाई पनि ८४ लाख युरो जरिवाना सुनाएको छ ।

वर्तमान अध्यक्ष जोसेप मारिया बाटोमेउविरूद्ध पनि दर्ता गरिएको मुद्धा भने उनको संलग्नता नभएका कारण अदालतले सफाइ दिएको छ ।
अदालतले यो मुद्धामा रोसेल, नेइमार र उनको बुबालाई अभियुक्त मानेको छ ।