२ कार्तिक २०८३, सोमबार

भगवती बस्नेतको आधुनिक गजल एल्बम बजारमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhagawati काठमाडौं । लामो समयदेखि नेपाली साहित्य र संगीतको आराधना गर्दै आउनुभएकी साहित्यकार भगवती बस्नेतको गजल एल्वम ‘सत्प्रयास’बिन्ध्यवासिनी म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।

गजलकार भगवती वस्तेनको शव्द रचना, संगितकार केशव पौडेलको एकल संगित रहेको उक्त आधुनिक गजल संग्रह सत्प्रयासमा ६ वटा गजलहरु समावेश गरिएका छन् । विन्ध्यवासिनी म्यूजिकले बजारमा ल्याएको सो एल्बमको प्रस्तुत कर्ताहरुमा मोहन वस्नेत, प्रतिक्षा वस्नेत र प्रयास वस्नेत रहेका छन् ।

उक्त आधुनिक गजल एल्बममा अहिलेका जल्दावल्दा गायकहरु प्रमोद खरेल, मनोजराज, केशव पौडल तथा गायिकाहरु अञ्जु पन्त, निशा देशार र मिरा रानाभाटको सुमधुर स्वर सुन्न सकिन्छ ।

करिव १ दशक भन्दा वढि इजरायलमा रही साहित्य साधना गरिरहनु भएकी साहित्यकार भगवती वस्नेतले साहित्यमा आफ्नो छुट्टै पहिचान बनाइ सक्नु भएको छ ।

bhagawati-1साहित्य सिर्जनाको साथै नेपाली साहित्यको श्री वृद्धिमा उनले मनग्य समय खर्चेकि छिन् । अहिले सम्म उनका ४ वटा बिबिध विधाका एकल कृति र दर्जनौ संयुक्त कृति निस्कीसकेएको छ । नेपाली साहित्यको साथ साथै विभिन्न संघ संस्थामा रहेर कर्म गरिरहेकी भगवती बस्नेतको झुकाव गीत संगीतमा पनि रहेको छ ।

उनले २०१२ मा पहिलो पल्ट मलाई नि विदेश जाउ जाउ लाग्यो भन्ने तीज गीत एल्बम निकालेकी थिइन भने २०१४ मा “जाउलि माइतीघर”तीज गीतको एल्बम निकालेकी थिइन त्यसैगरी उनको तेस्रो तीज गीत एल्बम “अर्को साल कहाँ हौली ठुली”२०१६ निकै चर्चित भएको थियो । निकै पहिले देखि गीत गज़ल लेख्दै आएकी भगवती बस्नेतको आधुनिक तन मन सुम्पिसके अब तिम्रो हुन् बाँकी गीत सरु पराजुलीको “नमन” एल्बममा समावेश छ । डायस्पोरामा रहेर नेपाली भाषा साहित्य संगीतमा उनले निरन्तर योगदान दिइ रहेकी छिन ।

उनका प्रकाशित कृतिहरु
* रहर भो जिन्दगी (गजल सङ्ग्रह)२०६८
* प्रेमदह (मुक्तक सङ्ग्रह) २०७१
* मर्दको माया (कथा संग्रह) २०७२
* मृत सागरमा म ( कविता संग्रह) २०७३

सम्मान
* पत्थर गजल साधना सम्मान
* अनेसास भानु बर्ष उत्कृष्ट लेखक
*भानुभक्त आचार्य स्वर्ण पदक
*भानुभक्त काव्य पुरस्कार
* विश्व नारी नेपाली साहित्य स्वर्ण पदक
*सत्य मोहन जोशी शताब्दी पदक