२ मंसिर २०८३, बुधबार

गृहमन्त्री निधिले मन पराएका यी १९ प्रजिअ, रोजेको ठाउँमा सरुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimalendra-nidhi_tiaकाठमाडौं, ९ मंसिर । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले १९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेका छन् । केही जिल्लामा भने उनले नियमविपरित उपसचिवहरूलाई कायम मुकायम दिएर सुरुवा गरेका छन् ।

निधिको यो कार्यलाई प्रशासनिक परम्परा विपरितको कमद भन्दै विरोध भएको छ । मन्त्रालयकै सहसचिवहरूले विरोध गरेको स्रोतले जनाएको छ ।

उपसचिवबाट कायम मुकायम प्रमुख जिल्ला अधिकारी भएकामा प्रदीप कँडेल सर्लाही, श्रीकृष्ण श्रेष्ठ सिरहा, गोकर्ण शर्मा डोटी, अन्तरबहादुर सिलवाल सिन्धुपाल्चोक र उमेश ढकाल धादिङ रहेका छन् ।

निधिको ठाडो आदेशमा गृह मन्त्रालयका यज्ञ कोइरालालाई मोरङ, प्रधानमन्त्री कार्यालयका सहसचिवद्वय उत्तरकुमार खत्रीलाई झापा र नारायण दवाडीलाई मकवानपुर, सहसचिव शिव सिंखडालाई काभ्रेपलाञ्चोक, क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका लोकनाथ पौडेललाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

बाराका कृष्णप्रसाद ढुंगानालाई गुल्मी, नवलपरासीका महादेव पन्थलाई सुर्खेत, चितवनका विनोद सिंहलाई रूपन्देही, गोरखाका नारायण भट्टलाई चितवन, सिराहाका विजयनारायण मानन्धरलाई बारा र गुल्मीका उदय रानालाई नवलपरासी जिल्लामा सरुवा गरिएको स्रोतको भनाइ छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र सर्लाहीका मेघनाथ काफ्लेलाई गृह मन्त्रालय तथा धादिङका विश्वप्रकाश सुवेदीलाई क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा सरुवा गरिएको छ ।