२ मंसिर २०८३, बुधबार

मुडभेडको स्थिती आउने देखिएपछि सेनाले थाल्यो तयारी, प्रधानसेनापतिले दिए निर्देशन

221.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

army-meeting

काठमाडौं, ८ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मूल्यांकन गरी आउन सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न तयारी रहन निर्देशन दिएका छन् ।

मङ्गलबारदेखि जङ्गीअड्डामा सेनापति, पिएसओज रथीबृन्द तथा पृतनापति सम्मिलित दुई दिने पृतनापति समन्वयात्मक बैठकको बुधबार समापन गर्दै क्षत्रीले तयारी अवस्थामा रहन मातहत युनिटलाई निर्देशन दिएका हुन् ।

सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहेको, प्रतिपक्षी एमालेले संशोधन प्रस्ताव कुनै हालतमा नमान्ने र मधेसी मोर्चाले आन्दोलन गर्ने बताइरहँदा हुनसक्ने सम्भावित घटनाक्रमतर्फ संकेत गर्दै प्रधानसेनापति क्षत्रीले भने- ‘विद्यमान परिस्थितिको मूल्यांकन गरी आउन सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा हरहमेसा तयारी रहनुस् । देश विखण्डन हुने अवस्था आयो भने हामी चुप लागेर भने बस्दैनौ ।’

khad-jangi-addha-1

बैठकका क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवम् सुझावको सम्बन्धमा प्रस्तुतीकरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसअघि मंगलबार बैठकको उद्घाटन गर्दै रक्षामन्त्री बालकृष्ण खाँडले सेनाको सबलीकरण र सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले सम्भावित पछिल्लो अवस्थाप्रति सेना चनाखो हुनुपर्ने सुझाव दिएका थिए ।