२ मंसिर २०८३, बुधबार

समाजसेवा गर्दा पनि गाली खाएपछि कञ्चनसंगै धरधरी रोइन् दीक्षा चापागाई (भिडियोसहित)

78.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchan-dickhya

काठमाडौं, ८ मंसिर । कान्तिपुर टेलिभिजनको ‘सुमनसँग’ कार्यक्रममा अन्तर्वार्ता दिएर विवादमा तानिएकी कञ्चन शर्मा रेग्मीले पहिलोपटक मुख खोलेकी छन् ।

मञ्जाको टिभीमा पत्रकार उत्सव रसाईलीसँग कुरा गर्दै उनले आफूले कुनै झुट नबोलेको दाबी गरेकी छन् । र, कञ्चनलाई उद्दार गर्ने पवित्र नेपाल समाजकी अध्यक्ष दीक्षा चापागाईले ‘छोराले फालेको आमालाई मैले उठाउन नमिल्ने, लोग्नेले श्रीमतीलाई फाल्न हुने फालेपनि मैले सम्हाल्न नपाउने’ भन्दै आसु झारेर रोएकी छन् ।

यस्ता छन् पत्रकार उत्सवले कञ्चन र दीक्षालाई सोधेका प्रश्नः

१) तपाईले झुट बोलेकै हो ?

(कञ्चन): मैले झुट बोल्नुपर्ने कुनैपनि आवश्यकता देख्दिन् । मैले भोगेका कुराहरु मैले सत्यतथ्य बोलेको छु ।

२) सुमनसँग भन्ने कार्यक्रममा कविता वाचन गर्नभएको छ । उहाँ(सुमन खरेल)ले भन्नुभाथ्यो तपाईले लेखेको कविता सुनाइदिनुस् त भन्दाखेरी जून कविता वाचन गर्नुभाथ्यो त्यो तपाई आफैले लेख्नुभाथ्यो ?

(कञ्चन): मैले आफैले लेखेको होइन् ।

३) तपाईले जून श्रीमान र छोराको बारेमा भन्नुभाछ ती कुरा सत्य होइनन् भन्छन् के कुरा खास ?

(कञ्चन): मैले आफैले जन्माएको जेठो छोरा कान्छो छोरा, मेरो श्रीमानले मलाई सडकमा फ्याक्नुभो । सडकमा फ्याकेकी स्वास्नीको उहाँले कहिले प्रशंसा गर्नुपनि हुन्न् गर्न आवश्यकता पनि छैन् ।

४) कुरा सुन्नेहरुले चाँहि के भन्छन् के दीक्षा चापागाईले सिकाएर बोलेको भन्छन् ?

(कञ्चन): म बच्चा होइन् म सानो तोतेबेली बोल्ने बच्चा होइन् । म पनि एउटा ४५ वर्षको महिला हो ।

५) अनि तपाईले डिभोर्स (सम्बन्ध विच्छेद) दिइसक्नु भएको रहेछन नि उहाँलाई ?

(कञ्चन): मैलै डिभोर्स दिए भन्नुहुन्छ । मैले डिभोर्स दिएको भए मैले एउटा प्रतिलिपी त पाउँछु बाबु । फोटोकपी त पाउछु नी । खैत दिनु न भन्दा नदिने । का, कतिखेर, कुन अवस्थामा मैले हस्ताक्षर नगरी त डिभोर्स हुँदैन् ।

६) अनि तपाईले छोरा त्यही बाटो टक्कसन गाडी चढेर जान्थ्यो तर, बाबु भन्दा बोल्दैनथ्यो भन्ने कुरा भन्नुभयो यो पनि सत्य हो ?

(कञ्चन): एकदम सत्य कुरा हो ।

७) तपाई धुम्रपान सेवन गर्नुहुन्थ्यो रे ! मध्यपानको नशामा पस्नुहुन्थ्यो रे ! यो कुरा सत्य हो ?

(कञ्चन): धुम्रपान त म गर्थे । अहिले पनि गर्छु । मलाई मध्यपान गर्न सिकाउने मेरै श्रीमान हो मोहन रेग्मी । मलाई कम्पनी देउ-कम्पनी देउ भन्ने सँगै बसेर खान्थ्यौ श्रीमान श्रीमती ।

८) कञ्चन रेग्मीको मानसिक अवस्था नै ठिक नभएर यी झुटा कुराहरु भन्यो भन्छन् नी के भन्नुहुन्छ तपाई ?

(कञ्चन): मेरो सर्टिफिकेटै त उहाँले च्यातिदिनुभयो । उहाँले घरमा नागरिकता समेत च्यातिदिनुभयो । मैले के नै ल्याएर जून कपडामा मलाई घरबाट निकालिदिएको थियो त्यो भन्दा मसँग केही पनि थिएन् ।

९) तपाईले क ञ्चनलाई बोल्न सिकाएर डलर खेती गर्नभो भन्ने आरोप छ नि ?

(दीक्षा रुँदै भन्छिन्…): ‘छोराले फालेको आमालाई मैले उठाउन नमिल्ने, लोग्नेले श्रीमतीलाई फाल्न हुने फालेपनि मैले सम्हाल्न नपाउने ।

हेर्नुस् अन्तर्वार्ताको पूरा भिडियोः