२ मंसिर २०८३, बुधबार

प्रधानमन्त्री, कांग्रेस, माओवादी र मधेसी मोर्चावीच वार्ता जारी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-in-baluwatar-meetingकाठमाडौं, ८ मंसिर । संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनु भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतासहितको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहान नौँ बजेदेखि जारी बैठकमा प्रधानमन्त्री दाहालसहित कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूको सहभागिता रहेको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाका अनुसार बैठकमा समग्र राजनीतिक विषयमा छलफल भइरहेको छ ।