३१ आश्विन २०८३, शनिबार

उल्टो दौडेर पार गरे संजयले काठमाडौं–दोलालघाट यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

real-picकाठमाडौं, ८ मंसिर । लामोदुरिका धाबक एबम विश्व पर्वतारोही संजय पण्डितले ११ घण्टा ४१ मिनेट ५७ सेकेण्डसम्म निरन्तर उल्टो दौडेर काठमाडौँ कोटेश्वरदेखि काभ्रेको दोलालघाटसम्मको ५२.२ किलोमिटर दौडेर पार गर्न सफल भएका छन् ।

अस्ट्रेलियाको सर्बोच्च शिखर कोजियस्को उल्टो हिडेर नोबेम्बेर २२, २०१४ मा सफल आरोहण गरेको दिन पारेर उनीसहित नेपालका चर्चित म्याराथन धाबक भूमिराज रार्इ, म्याराथन धाबक सुरेन्द्र बस्नेत, केन्याका धाबक पिटर मोंगे लगायत १० जनाको टोलीले साथ दिएका थिए ।

पण्डित निरन्तर उल्टो हिडेर पार गरे भने अन्य धाबक सुल्टो हिडेर निर्धारित दुरी पार गरका थिए ।

मंगलबार ७ बजेर २५ मिनेटमा पूर्व अर्थमन्त्रि डा रामशरण महत, ट्राफिक प्रहरी प्रमुख डिआइजी प्रकाश अर्याल, हिसांनका अध्यक्ष रमेश कुमार सिलवाल, पूर्व संसद वीरबहादुर सिंह लगायतले संयुक्त रुपमा उल्टो दौड उद्घाटन गरेका थिए ।

संजयसहितको टोली दोलालघाटमा मंगलबार बेलुका ८ बजेर १४ मिनेटमा पुग्न सफल भएको थियो ।