लन्डन, ८ मंसिर । यसै वर्षदेखि आफ्नो राष्ट्रिय खेल जीवनबाट सन्न्यास घोषणा गरेका स्विडेनका सदाबहार लिजेन्ड जाल्टन इब्राहिमोभिचले स्विडेनको इतिहासमै सर्वाधिक सफलता हासिल गरेका छन् ।
यिनै सफल खेलाडी ११औं पटक स्विडेनका उत्कृष्ट पुरुष फुटबलर बन्न सफल भएपछि उनको सम्मानमा स्विडिस फुटबल एसोसिएसनले राजधानी स्टकहोममा उनको प्रतिमा स्थापना गर्ने निर्णय गरेको छ । जसको सम्मानमा देशले पर्याप्त लगानी गर्ने फुटबल एसोसिएसनले जनाएको छ ।
३६ वर्षीय महान् स्ट्राइकर इब्राहिमोभिच अहिले पनि आफ्नो व्यावसायिक क्लब फुटबलमा निरन्तर गोल गर्न सफल भइरहेका छन् ।
म्यानचेस्टर युनाइटेडले उनलाई ३५ वर्षमा पनि अनुबन्धन गर्नुले ढल्कँदो उमेरमा पनि उनी कति फिट छन् भन्ने सन्देश दिन्छ ।
उनले स्विडेनलाई आफ्नोतर्फबाट ऐतिहासिक उपलब्धि दिलाए । इब्राहिमोबिचले १ सय १४ खेलबाट कीर्तिमानी ६२ अन्तर्राष्ट्रिय गोल गरे । जुन स्विडेनका लागि सर्वाधिक गोलको कीर्तिमानका रूपमा रहेको छ ।
राष्ट्रिय टोलीका मुख्य आकर्षकका रूपमा रहेका इब्राहिमोभिचले सन् २०१२ मा इंग्ल्यान्डविरुद्ध गरेको सानदार ४ गोल अहिले पनि उनका समर्थकलाई झलझली याद आउने गरेको छ । जुन गोलको सम्झना र समग्र उनको सम्मानका लागि त्यही रंगशालाबाहिर उनको प्रतिमा निर्माण गरिनेछ ।
इब्राहिमोबिचले स्विडेनले प्रदान गर्ने यो अवार्डमा लगातार ११औं पटक प्राप्त गर्न सफल भएपछि उनी इतिहासमा धेरै अघि रहेका छन् ।
किन पनि यो कीर्तिमानी उपलब्धि हो भने सन् १९४६ यता कुनै पनि स्विडेनका खेलाडीले लगातार दोस्रोपटक यो उपलब्धि हासिल गर्न सकेका छैनन् । तर, उनले ११ पटक सफलता हासिल गरेका छन् । – एजेन्सी















प्रतिक्रिया