काठमाडौं, ८ मंसिर । पार्टी एकीकरणसँगै राप्रपा नेपाल र राप्रपाको संयुक्त केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दैछ ।
काठमाडौंको भाटभटेनीस्थित एक बैंक्यटमा बिहान ११ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी एकीकरणकै विषयमा छलफल हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
‘दुई दिन अगाडि राप्रपा नेपाल र राप्रपावीच पार्टी एकीकरण भएको छ’, उहाँले भन्नुभयो, ‘बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषय र अन्य विविध विषयमा पनि छलफल हुन सक्छ ।’
राप्रपाका सहप्रवक्ता किरण गिरीले पनि पार्टी एकीकरणपछि दुबै राप्रपाका केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरूवीचको मिलन स्वरुप पनि संयुक्त बैठक राखिएको बताउनुभयो । ‘बैठकका एजेण्डा खासै नयाँ नभए पनि समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।’











प्रतिक्रिया