२ मंसिर २०८३, बुधबार

बालुवाटारमा संविधान संशोधनबारे छलफल हुँदै, बैठकमा बोलाइयो मोर्चाका नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-gahabndhanकाठमाडौं, ८ मंसिर । संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूलाई बोलाउनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान नौँ बजे प्रधानमन्त्री दाहालसहित कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूको बैठक बस्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट तयार पारेको भनिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव आउन सक्ने उहाँले बताउनुभयो ।

महासचिव झाका अनुसार प्रधानमन्त्रीले संविधान संशोधनसम्बन्धी विधेयकका विषयमा छलफल गर्न संघीय गठबन्धन र मधेसी मोर्चाका नेताहरूलाई बोलाएको जानकारी दिनुभयो ।

यसअघि सोमबार साझा भएको बैठकमा प्रधानमन्त्रीले अगाडि सार्नु भएको संविधान संशोधनसम्बन्धी प्रस्तावको एमालेले अस्वीकार गरिदिएको थियो । त्यसपछि प्रधानमन्त्रीले मधेसी मोर्चासँग परामर्श गर्न थाल्नुभएको हो ।