काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालको चेतावनीपछि प्रहरीले काठमाडौं विश्वविद्यालय उपकुलपतिको कार्यालय तोडफोडमा संलग्न अखिल (क्रान्तिकारी) का सचिव सुशील खनाललाई छाडेको छ ।
मंगलबार विश्वविद्यालयको २२ औँ दीक्षान्त समारोहमा थियो । समारोहमा उपकुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीको सचिवालयले खनाल नछुटेसम्म प्रचण्ड दीक्षान्त समारोहमा सहभागी नहुने चेतावनी दियो ।
विश्वविद्यालय स्रोतका अनुसार त्यसपछि प्रतिष्ठाको लागि अदालतमा पुगिसकेको मुद्दा विश्वविद्यालयले दबाबमा फिर्ता लियो । मंसिर १ गते पक्राउ परेका खनालले सार्वजनिक अपराध मुद्धामा अदालतबाट ५ दिनको म्याद बुझेका थिए । तर, हाइ–लेभलको दबाबपछि ५ गते नै छुटे ।
खनाल छुटेपछि प्रधानमन्त्री प्रचण्ड २२ औँ दीक्षान्त समारोहमा सहभागी भएका छन् ।
यसअघि अखिल क्रान्तिकारीले तोडफोडको जिम्मा लिएर खनालको रिहाईको माग गर्दै दुई दिने शैक्षिक हड्ताल समेत आव्हान गरेको थियो ।
यता प्रधानमन्त्री सचिवालयले भने कुनै दबाब नदिएको दाबी गरेको छ ।












प्रतिक्रिया