१ कार्तिक २०८३, शनिबार

१० हजार नेपालीलाई रोजगारी दिने योगगुरु रामदेवको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramdev

काठमाडौं, ७ मंसिर । चर्चित योगगुरु बाबा रामदेवले १० हजार नेपालीलाई रोजगारी दिने घोषणा गरेका छन् ।

मंगलबार काठमाडौं आइपुगेका रामदेवले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पतञ्जलि आयुर्वेद प्रालिमार्फत १० हजार नेपालीलाई रोजगारी दिने बताए ।

हाल नेपालमा पतंजलि आयुर्वेदमार्फत करिब डेढ अर्ब लगानी गरिएको र एक हजार नेपालीले रोजगारी पाएको जानकारी गराउँदै उनले अब लगानी बढाएर ५ अर्ब पुर्याउने र रोजगारीको संख्या १० हजार पुग्ने बताए ।

हाल नेपालमा भारतबाट वार्षिक करिब एक अर्ब रुपैयाँको आयुर्वेद औषधि आउने गरेको छ र अब उक्त औषधि नेपालमै उत्पादन गर्ने पतञ्जलिको योजना छ । यसका लागि पतञ्जलि आयुर्वेदको उत्पादन युनिट वीरगन्जमा स्थापना गरिएको छ ।

उक्त युनिटबाट औषधि उत्पादन भएपछि नेपालीहरुले सस्तोमा आयुर्वेदिक औषधि पाउनेछन् भने १० हजार नेपालीले रोजगारी पाउनेछन् ।