काठमाडौं, ७ मंसिर । चर्चित योग गुरु रामदेव मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् ।
वीरगन्जमा योग शिविर सञ्चालन गर्न नेपाल आएका रामदेवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोपी र खादा लगाएर स्वागत गरिएको छ ।
ढाका टोपी र खादासहित नेपालीको न्यानो स्वागत पाएपछि ट्वीटरमार्फत योग गुरु रामदेवले आफू माता सीता र गौतम बुद्धको पवित्र धार्मिक भूमिमा योगाका लागि पुगेको उल्लेख गरेका छन् ।
रामदेवलाई स्वागत गर्न गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका शालिग्राम सिंह लगायतका व्यक्ति विमानस्थलमा पुगेका थिए ।












प्रतिक्रिया