२ मंसिर २०८३, बुधबार

संघीय फोरमको नजरमा यस्तो देखिए ‘कमल थापा’, के छ भित्री मकसद ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa-rpp-nepalकाठमाडौं, ७ मंसिर । संघीय समाजवादी फोरम नेपालका युवा नेता तथा उपमहासचिव अभिषेक प्रताप शाहले राप्रपा र राप्रपा नेपालको पार्टी एकीकरण प्रक्रियालाई नजिकबाट नियाली रहेको भन्दै कमल थापाप्रति कडा टिप्णी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद समेत रहेका उपमहासचिव शाहले भनेका छन् ‘सत्ताका लागि कमल थापाले जे पनि गर्न सक्छन् ।’ शाहको संकेत थियो अब कमल थापा सरकारमा सहभागी भएर राम्रो मन्त्रालयको जिम्मेवारी लिने छन् ।

Abhishek_Pratap_Shahस्रोतका अनुसार कमल थापाले उप्रधान र परराष्ट्र मन्त्रालयको दाबी गरिरहेका छन् । उनको मागलाई सत्तारुढ दलहरूले कति महत्व दिने हुन् त्यो स्पष्ट भइसकेको छैन ।

हिन्दू राष्ट्र र राजाका पक्षमा उभिदै आएका थापाले संविधानप्रति असहमति राखिरहेका छन् । तर उनले आफ्ना सबै मुद्दालाई भुलेर एमाले नेतृत्वको सरकारमा उपप्रधान र दुई पावरफुल मन्त्रालय एक्लै सम्हालेर सत्ताको भोक देखाएका थिए ।

तर संघीय फोरमका नेता शाहले फेसबुकमा लेखेको स्ट्याटसले कमल थापाले राम्र्रै भाग पाउने संकेत देखाएको छ ।

पार्टी एकीकरण गरेसँगै थापाले कार्यकारी अध्यक्ष र संसदीय दलको नेता पाएका छन् । यो उनका लागि आकर्षक राजनीतिक उपहारका रुपमा लिनेहरू स्वयं राप्रपाका नेताहरू नै छन् ।

आफ्ना विरोधीहरूलाई पार्टीबाट एकएक गरेर निस्किासित गरेर निकटकाहरूलाई मात्रै राखेर राप्रपा नेपाल चलाउँदै आएका थापालाई अब भने सहज हुने छैन । किन भने उनीभन्दा प्रभावशाली र सिनियर नेताहरू राप्रपामा अड्डा जमाएर बसेका छन् ।