२ मंसिर २०८३, बुधबार

राणा र थापाले आज अध्यक्षको जिम्मेवारी लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raparpa-yakata-6काठमाडौं, ७ मंसिर । राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरण भएको दोस्रो दिन आज दुई अध्यक्षहरूले पदभार ग्रहण गर्ने भएका छन् ।

काठमाडौंको चाबहिलस्थित राप्रपाको मुख्यालयमा पशुपति शम्शेर राणाले राष्ट्रिय अध्यक्ष र कमल थापाले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । राप्रपाका सहप्रवक्ता किरण गिरीले दिउँसो १ बजे दुई अध्यक्षले आ–आफ्नो जिम्मेवारी लिने बताउनुभयो ।

राप्रपा र राप्रपा नेपालवीच सोमबार विशेष कार्यक्रमका वीच पार्टी एकीकरण गरिएको थियो । तामझामका साथ भएको पार्टी एकीकरणसँगै कमल थापाले संसदीय दलको नेताको जिम्मेवारी पाएका छन् ।