२ कार्तिक २०८३, सोमबार

थिएटर मलमा ‘बहुलाकाजीको सपना’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bahulakaji_theatre_mall_6काठमाडौं । नाटककार विजय मल्लले दशकौंअघि लेखेका नाटक ‘बहुलाकाजीको सपना’ अहिले काठमाडौंमा मञ्चन भइरहेको छ । काठमाडौं मल, सुनधारास्थित नाटकघर थिएटर मलमा मंसिर १ गतेदेखि नाटक मञ्चन भइरहेको हो ।

कक्षा ११/१२ को पाठ्यक्रममा समावेश नाटक ‘बहुलाकाजीको सपना’ ११/१२ मा अध्ययनरत विद्यार्थीहरुका लागि विशेष मञ्चन भइरहेको हो ।

हरेक सदन ज्याला मजदुरी गरे जिविकोपार्जन गर्ने निम्न वर्गीय परिवारले आफ्ना सन्तानमार्फत देखेका सपना नाटकमा प्रस्तुत गरिएको छ ।

समाजका कुरिती तथा वेथितीलाई नाश गरेर थिती बसाल्ने सपना बोकेका बहुलाकाजीले भक्ते र मानेजस्ता भरियाहरुदाई प्रेरित गर्दै उनीमा भरिदिएको आशाको कथा नाटकमा छ ।

बालक वीरेको आखामा रहेको चमकबाट प्रभावित हुदै उनीमार्फत बहुलाकाजीले समाज परिवर्तन सपना बुन्छ तर आर्थिक दलदलमा फसेका परिवारका वीरेको अभावका कारण उपचार नपाई मृत्यु हुनु यस नाटकको दुखान्त पाटो हो ।

थिएटर मलको तीन महिनो अनिभय तथा नाट्य प्रशिक्षण कार्यशाला थिएटर ग्यारेजले तयार पारेको यस नाटकलाई शंकर भण्डारीले निर्देशन गरेका हुन् ।

पाठ्यक्रममा समावेश नाटक भएको हुनाले नाटकका संवादहरु तथा दृश्यलाई नभत्काई अभिनयात्मक प्रस्तुति दिइएको छ । नाटक अझै केही दिनसम्म कलेज बुकिङ शोहरु हुने थिएटर मलले जनाएको छ ।

नाटककमा राजेन्द्र भट्ट, अर्जुन पौडेल, गणेश पौडेल, मदन पराजुली, राजिव धमला, शिव परियार, अर्मान श्रेष्ठ, समीर राई, जस्वन थापा मगर, उमेश कार्की, शालिक भट्ट, रविन खड्काले अभिनय गरेका छन् ।