३ मंसिर २०८३, बिहिबार

काठमाडौंमा अचानक ‘लोडसेडिङ’ भएपछि कुलमानले माफी माग्दै के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kulman-1

काठमाडौं, ६ मंसिर । तिहारयता लोडसेडिङमुक्त काठमाडौं उपत्यकामा सोमबार साँझ अचानक विद्युत् आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले माफी मागेका छन् ।

साँझ पौने ६ बजेदेखि करिब ४५ मिनेट विद्युत आपूर्ति बन्द भएको थियो । सिस्टममा आएको गडबडीका कारण लोडसेडिङ हुनपुगेको भन्दै प्राधिकरण प्रमुख घिसिङले विद्युत आपूर्ति अवरुद्ध हुँदा पर्न गएको असुविधाका लागि माफी मागेका छन् । ‘प्रविधिमा आएको खराबी सच्चाउन केही समय लाग्छ, यसबाट पर्न गएको असुविधाप्रति माफी चाहन्छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

यता प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार प्राधिकरणको मध्यमर्स्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द भएको बताए । ‘पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै असर पर्यो’ उनले भने ।