बारा, ६ मंसिर । बारामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।
गढीमाई १ स्थित शंकर लामाको घरमा सोमबार बम विष्फोट हुँदा उनकै घरमा बसिरहेका गढीमाई १२ पिलुवाका गोपीलाल श्रेष्ठ घाइते भएका हुन् ।
विस्फोटमा परी देब्रे हातको हत्केला भन्दामाथिको भाग क्षतविक्षत भएका उनको वीरगन्जस्थित मेडिकल कलेजमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनास्थलमा सुरक्षा टोली व्यापक परिचालन गरिएको छ । घटनापछि प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सीमराका प्रहरी निरिक्षक गोविन्द कार्कीले बताए ।
विद्यालय बम राखिएको हल्लापछि विद्यार्थीबीच भागदौड
यस्तै, बाराको पथलैयामै रहेको एक निजी स्कुलमा बम राखिएको हल्ला चलेपछि विद्यालयमा रहेका विद्यार्थीबीच भागदौड मच्चिएको छ । होली गार्डेन इंग्लिस स्कुलमा बम राखिएको हल्ला चलेपछि अभिभावकहरु आफ्ना बालबालिका लिन दौडिदैं विद्यालय पुगेका थिए । अहिले विद्यालय बन्द गरिएको छ । विद्यालयलाई घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
















प्रतिक्रिया