२ मंसिर २०८३, बुधबार

राप्रपा नेपाल र राप्रपाबीच यसरी भयो औपचारिक पार्टी एकता (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raparpa-yakata-6

काठमाडौं, ६ मंसिर । संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सोमबार आयोजित विशेष समारोहमा राप्रपा र राप्रपा नेपालीबीच एकीकरण भएको घोषणा गरिएको हो । समारोहबाट एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखिएको छ ।

raparpa

एकीकरण घोषणा भएसँगै पशुपति शम्शेर राप्रपाको राष्ट्रिय अध्यक्ष घोषित भएका छन् भने कमल थापालाई पार्टी कार्यकारी अध्यक्ष बनाइएको छ ।

पार्टीको झन्डा राप्रपा नेपालको राखिएको र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने कुरा विशेष समारोहबाट जानकारी दिइयो । महाधिवेशन तीन महिनाभित्र हुने सहमति भइसकेको छ । संसदमा चौठो ठूलो दलसहित एकीकरणपछि राप्रपाको ३७ सिट कायम भएको छ ।

raparpa-yakata-5raparpa-yakata-1 raparpa-yakata-2 raparpa-yakata-3 raparpa-yakata-4 raparpa-yakata