२ मंसिर २०८३, बुधबार

नयाँ शक्ति पार्टीको बैठक सिद्धार्थ कटेजमा, गाउँ जाने रणनीति तयार पार्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburamकाठमाडौं, ६ मंसिर । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा आज बिहान ११ बजेपछि बस्ने बैठकमा पार्टी संगठन र विभिन्न राजनीतिक विषयमा छलफल हुने नयाँ शक्तिले जनाएको छ । बैठकका लागि विभिन्न समितिहरूले आ–आफ्नो तर्फबाट प्रतिवेदन बुझाउने छन् ।

नयाँ शक्ति पार्टीले आफ्नो राजनीतिक गतिविधिलाई गाउँगाउँसम्म पुगाउने गरेर आन्तरिक तयारी थालेको छ । सोही तयारी अन्तर्गत रणनीति तयार बनाउन केन्द्रीय समितिको बैठक बोलाएको बताइएको छ ।

नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज र भोलि दुई दिनसम्म चल्ने बुझिएको छ ।