लन्डन, ६ मंसिर । चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । मिडिल्सब्रोलाई हराउँदै चेल्सीले यो स्थानमा उक्लिएको हो ।
आइतबार राति मिडिल्सब्रोको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी १–० ले विजयी भएको हो ।
चेल्सीलाई विजयी गराउन ४१ औं मिनेटमा डिएगो कोष्टाले गरेको गोल निर्णायक बन्यो । यो जितपछि चेल्सीले अंक तालिकामा शिर्ष स्थानको लिरभपुललाई उछिनेको छ ।
१२ खेलबाट उसको २८ अंक भएको छ । समान खेलबाट २७ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।
समान २७ अंक भएपनि गोल अन्तरको आधारमा म्यान्चेस्टर सिटी तेस्रो स्थानमा धकेलिएको छ ।
चौथो स्थानको आर्सनलको २५ अंक छ भने २४ अंकको साथ टोटनह्याम हट्सपर पाँचौ स्थानमा छ । – एजेन्सी















प्रतिक्रिया