२ कार्तिक २०८३, सोमबार

सलमानकी गर्लफ्रेन्डले दिइन बिबादास्पद बयान, मुम्बईमा तहल्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-iuliyaमुम्बई । बलिउड अभिनेता सलमान खानकी कथित गर्लफ्रेन्ड यूलिया वंन्तूरले संस्कारका कारण आफू विवाहका लागि तयार नरहेको बिबादास्पद बयान दिएकी छिन् ।

केही महिना पहिला सलमान खान र उनकी गर्लफ्रेन्ड यूलिया वंतूरले नोभेम्बरमा विवाह गर्दै छन् भन्ने समाचार बाहिर आएको थियो । विवाह समाचारलाई यूलिया वंन्तूरले संस्कारमा लगेर जोडेकी छिन् । यो अभिव्यक्तिले मुम्बईमा चर्चा पाइरहेको छ ।

हुन् त सलमान र यूलियावीचको रिलेशनशिपका विषयमा भारतीय सञ्चारमाध्यमहरूमा थुप्रै समाचार बाहिर आएका छन् । विवाहका विषयमा दुबैले आधिकारिक रुपमा केही नबोलेको पनि समाचारमा उल्लेख छ ।

अब यूलियाले रोमानियनका मिडियासँग विवाह प्रसंगका विषयमा खुलेर बयान दिएकी छिन् । यूलियाले भनेकि छिन्, ‘सलमान खानसँग विवाह गर्ने मेरो कुनै इच्छा छैन ।’

‘कल्चरल डिफरेन्सका कारण भिसा म्याद बढाउनुको साटो म आफ्नै देश रोमानीया आएकी छु’, यूलियाले भनेकी छिन् । तपाईले सलमान खानसँग गुपचुप बिहे गर्नुभएको त छैन ? भन्ने रोमानीयाका पत्रकारहरूको जिज्ञासामा यूलिया वंन्तूरले भनेकि छिन्, ‘मैले पहिला नै बिहे गरिसकेकी छु । र पहिलो पतिलाई पनि छाडेर एक्लै बस्दै आएकी छु । म भारतमा रहँदा कसैसँग विवाह पनि गरिन् । कसैसँग अलग पनि भइन ।’

इंडिया यात्राका बारेमा यूलियाले भनिन्, ‘म हिन्दी गीतको सिलसिलामा भारत गएकी हुँ । तर मेरो इच्छा विपरित नभएका कुराहरू समाचारमा आए । रोमानियाभन्दा भारत मेन्टल रुपमा धेरै अलग छ ।’ – एजेन्सी