३१ आश्विन २०८३, शनिबार

जापानसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल, एनटीभी प्लसबाट प्रत्यक्ष प्रशारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-nepal-game

काठमाडौं, ३ मंसिर । नेपालले अहिले जापानी टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

दिउँसो २ बजे अखिल नेपाल फुटबल संघ (एन्फा) कम्पलेक्समा नेपाल र जापानबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । खेल नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटिभी प्लसबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुन लागेको खेलमा जापानी टोलीको नेतृत्व २००२ को विश्वकपमा जापानका तर्फबाट खेलेका टोडा काजुयुले गरेका छन् ।

नेपाली टिमको नेतृत्व कप्तान अनिल गुरुङले गरेका छन् ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा यो खेल आयोजना गरिएको आयोजक कलरबाथ संस्थाका अध्यक्ष गणेशमान लामाले बताए ।