घोराही, ३ मंसिर । विवाहमा विभिन्न उपहार अनि दाइजो स्वरुप वस्तुहरु दिने चलन छ ।
यही क्रममा दाङका साहित्यकार सविन प्रियासनले विवाहमा उपन्यास उपहार दिनु भएको छ । उपन्यासकार प्रियासनद्वारा लिखित पाँचौ कोसेलीकारुपमा रहेको चर्चित उपन्यास पुनरागमन नवजोडीलाई उपहार दिदा विवाहमा सहभागिहरु अलमलमा परेका थिए ।
घोराहीका सञ्जीत गिरी र घोराहीकै यशोदा थापा गिरीलाई उपन्यासकार प्रियासनले आर्शिवाद स्वरुप आफ्नो पुस्तक उपहार दिएको बताउनुभयो ।
वैवाहिक जीवन सुन्दर बनाउनका लागि किताबहरुले पनि प्रशस्त ज्ञान दिने र युवाहरुमा पढन संस्कृतिको विकास गर्न उपन्यास उपहार दिएको बताउने प्रियासनले यस अगाडि पनि दशैमा टीका लगाएर आफन्तहरुलाई दक्षिणाको ठाउँमा उपन्यास नै दिनु भएको थियो ।















प्रतिक्रिया